धनगढी। नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनबाट संस्थाको अध्यक्षमा देवबहादुर बम निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार बमले ८ हजार ३ सय ९१ मत पाएर निर्वाचित भएका छन्। बमले अध्यक्षका प्रत्यासी रतन बहादुर कठायतलाई एकहजार ३ सय ८ मतले पराजित गरेका हुन । भने अध्यक्षका अर्का प्रत्यासी रतनबहादुर कठायतले ७ हजार ८३ मत पाए। यस्तै साधारण सभाबाट नयाँ सञ्चालक समितीको उपाध्यक्षमा चेतराज ओझा ७३२९ मत ल्याएर निर्वाचित भएका छन्।
यस्तै संचालक सदस्यहरुमा इन्दिरा जैशी ८३११ मत, उत्तम जोशी ६९२४, गोपालराज पाठक ६८५७,केशबराज मिश्र ६७८०,डा महेशराज बिष्ट ६६३०,घन बहादुर शाह ६६११, उपेन्द्र बिष्ट ६४७७, शिव कुमार जोशी फुलारा ६३६४, गणेश बम ६१७२, जयराज जोशी ६१०२,बिश्वनाथ ओझा ६०१५ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै लेखा सुपरिबेक्षण समिती संयोजकमा चेतराज जोशी ७१६५ मत ल्याएर निर्वाचित भएका छन् । लेखा सुपरीबेक्षण समिती सदस्यमा गणेश प्रसाद उपाध्याय ७१४१ र लक्ष्मीराज पन्त ७०२५ मत ल्याएर निर्वाचित भएका हुन्। दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिवार मतदान भएकोमा मंगलबार बिहान मत गणना सकिएको हो।
निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। साधारण सभाबाट नयाँ सञ्चालक समितीको अध्यक्षमा १ जना, उपाध्यक्षमा १ जना, संचालक समिती सदस्यहरु ११ जना र लेखा सुपरिबेक्षण समिती संयोजक १ तथा लेखा सुपरीबेक्षण समिती सदस्य गरी २ जना गरी १६ पदकोलागी निर्वाचित भएका हुन्। हेर्नुहोस को को निर्वाचित भए(सुचिसहित)हेर्नुहोस कस्को मत कती (सुचिसहित) बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार रहेका थिए । लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार रहेका थिए । यस्तै कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार रहेका थिए। लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार थिए ।