दार्चुला। दार्चुलाबाट बहुमुल्य जडिबुटी सुनाखरीसहित एक जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलोमा सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका १ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताए।
उनले भने, रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको हो ।उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालयको जिम्मा लगाइने जनाइएको छ भने यस बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।