धनगढी। विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी (पक्षी अभयारण्य क्षेत्र) घोषणा गरिएको छ । एक कार्यक्रमका बिच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज घोडाघोडी ताल परिसरमा एक कार्यक्रमका बिच घोडाघोडी बर्ड सेन्चुरी (पक्षी अभयारण्य क्षेत्र) घोषणा गरेका हुन्।
सुदूरपश्चि प्रदेश सरकार र घोडाघोडी नगरपालिकाले आज घोडाघोडी ताल परिसरमा घोडाघोडी बर्ड सेन्चुरी (पक्षी अभयारण्य क्षेत्र) घोषणा गरीएको हो। घोषणा समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संरक्षणको दायित्व सबैको रहेको बताए । उनले घोषणा गरेरमात्रै नहुने उल्लेख गर्दै घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे । सुदुरपश्चिम पर्यटकिय क्षेत्रका थुपै सम्भावना भएको बताए।
सुदुरपश्चिम प्रदेश सरकारले कृर्षि, पर्यटन, जटिबुटी र जलश्रोतको प्राथमिकतामा रहेको बताउँदै यस्को पहिचान र बिकास गर्न सके समग्र सुदुरपश्चिम प्रदेशको बिकास हुने उनले बताए । त्यसै मध्ये एउटा कडिको रुपमा घोडाघोडी क्षेत्र रहेको बताए । उनले यो घोडाघोडी सिमसार क्षेत्रलाई भौतिक सरचना सहित बिकास गर्ने कुरा र यहाँ बढी भन्दा बढी पर्यटक भित्र्याउने कुरा मुख्य दायीत्व रहने बताए । घोडाघोडी एउटा एतिहासीक महत्व बोकेको क्षेत्र रहेकोले धार्मिक पर्यटकीय र साँस्कृतिक रुपले अगाडी रहेको बताए। यसबाट पर्यटकिय क्षेत्रबाट पर्यटक भित्र्याए आर्थिक मुनाफा लिन सकिने उनको भनाइ छ । कैलालीको घोडाघोडी सिमसारलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरेको हो । हालसम्म नेपालमा पक्षी अभयारण्य क्षेत्र थिएन।
घोडाघोडी सिमसारमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुँडीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन् । सिमसारमा ६४ प्रकारका जलपन्छी पाइने गरेको बताइन्छ ।घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडीसहित ठूलासाना गरेर २४ वटा ताल छन् । जम्मा १० हजार ५७० हेक्टर क्षेत्रफलमा घोडाघोडी सिमसार क्षेत्र फैलिएको छ । तर यसको सबै क्षेत्रलाई नभई छ हजारभन्दा बढी हेक्टर क्षेत्रलाई समेटेर बर्ड सेन्चुरी बनाउन लागिएको छ ।
बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले बताए। ‘संरक्षण र पर्यापर्यटनलाई संगसंगै अगाडि बढाउने उद्देश्यसाथ यो गौरवको विषय अगाडि बढाइएको हो, उनले भने। चौधरीकाअनुसार बर्ड सेन्चुरी यस प्रदेशको एउटा ब्राण्ड हुनेछ । प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पदयात्रा गर्न महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा ल्याइएको छ ।


