धनगढी। धनगढीमा सोमबार (आज)बिहान केराबारीमा शव फेला परेको शवको पहिचान खुलेको छ।
धनगढी उपमहानगरपालिका–५ को जाँईमा सोमबार बिहान १० बजे जाँई–शिवनगर सडकनजिकै शव फेला परेको थियो। भारतको उत्तरप्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डिएसपी० वेदप्रकाश जोशीका अनुसार ४२ वर्षीय कुल्दीप गुप्ताको भनि उनका भाईले सनाखत गरेको बताए। कोरोना संक्रमणको समयमा लकडाउन हुनुअघि उनी नेपालमै रहेको र आजभोलि उनी राजस्थानमा बस्दै आएको भनेर भाइले बताएका छन्’ डिएसपी जोशीले भने । ‘हिजो आइतबार मात्रै उनी धनगढीस्थित भाइको कोठामा रक्सी खाएर पुगेको र त्यहाँबाट ५० रुपैयाँ लगेर गएको जनाइएको छ।
प्रहरीका प्रवक्ता जोशीका अनुसार मृतक कुल्दीपको घाँटी र गालामा चोटपटक लागेको र हत्या भएको जनाएको छ। उनको शरिरको घाउमा काठका टुक्रा भेटिएको र घटनास्थलमा काठको डन्डी पनि भेटिएकोले घटनामा प्रयोग भएको हुनसक्नेबताईएको छ। शवको पोष्टमार्टम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।


