कैलाली। बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाले मालपोत कार्यालय कैलालीमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम गरेको छ।
असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन कार्यक्रम गर्दै आएको बासले शुक्रबार धनगढीस्थित मालपोत कार्यालयमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा हामी असल शासनका हिमायति हौं, हामी भ्रष्टाचार बिरोधी हौं, घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, कार्यालयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरौं, कार्यालय समयको ख्याल गरौं, भ्रष्टाचार गर्नु भएको छ ।
भने यहा“लाई प्रबेश निषेध छ, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्टाचार बिरुद्ध आजै देखि शुरु गरौं, भ्रष्ट कर्मचारीलाई कार्बाही गरौं जस्ता नारा लेखीएका पोस्टरहरु प्रर्दशन गरेका थिए। साथै भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम लेखीएको ब्यानर र पोस्टर सहित १ घण्टा कार्यालय परिसर अगाडी शान्तिपुर्ण रुपमा प्रर्दशन गरेका थिए । यस्तै प्रर्दशनपछि बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र के।सी।लाई मालपोत कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न १० बुदे ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमा मालपोत कार्यालयमा सुशासन बहालिका लागि कार्यालयमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस् । सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाईयोस् । नियमित रुपमा नागरिकहरुको गुनासो सुनुवाई गरियोस् ।नागरिकका गुनासो, उजुरीहरुको सुनुवाई तत्काल गरियोस् । नियमित रुपमा सूचना प्रबाह गरियोस् । बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई छिटो, छरितो तवरले उपलब्ध गराईयोस् । असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस् । सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस् ।
नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गरियोस् । घुस लिने, दिने कार्य बन्द ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रदेश संयोजक जैशीले मालपोत कार्यालयमा हुने सबैखालका भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई तत्काल नियन्त्रण गरी सुशासन कायम गर्न अनुरोध गरेका थिए । यस्तै बासले भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम अन्य सरकारी कार्यालयहरुमा समेत निरन्तरता दिइने बताए । यस्तै कार्यालय प्रमुख केसीले बासले गरेको उक्त कार्यक्रमको प्रसंशा गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न निरन्तर अभियानमा लाग्ने बताए । उनले तल्लोभन्दा माथिल्लो निकायमा बढी भ्रष्टाचार हुने गरेको भन्दै सबै तहमा बासले अभियान चाल्नुपर्ने धारणा राखे । भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रममा बास कैलाली शाखाका झण्डै १२ जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।


