धनगढी। भारतको सहयोगमा निर्मित कैलालीको धनगढीस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ।
बुधबार भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उक्त बहूद्देश्यीय भवनको उद्घाटन गरेका हुन् । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक रहेको भारतीय दूतावासले जनाएको छ।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजार नेपाली रुपैयाँको लागतमा यी नयाँ भवनहरूको निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरू अध्ययनरत छन् । सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको जनाएको छ।
ती परियोजनाहरू मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका पनि दूतावासले बताएको छ । यस्तै भारतले कैलालीमा ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरूप प्रदान गरिसकेको उल्लेख गरेको छ । उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थिति थियो ।



कैलालीको धनगढीमा भारत सरकारको सहयोगमा प्रहरी विद्यालयको भवन उद्घाटन
कैलालीको धनगढीमा भारत सरकारको सहयोगमा प्रहरी विद्यालयको भवन उद्घाटन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

