कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका अवैध समान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले भिमदत्त नगरपालिका १३ झुलुङ्गेबाट अवैध समान बरामद गरेको हो। प्रहरी टोलिले
कञ्चनपुरको भिमदत्त नगरपािलका १३ झुलुङ्गेबाट लेडिज प्लाजो २६ पिस, कुर्ती ७९ पिस, लेडिज सुट ५ पिस गरि अन्दाजी ६५ हजार ९ सय, बेदकोट ७ बाट दुग्रा बिउ २२७ प्याकेट, राजन लेखेको बिउ १२५ प्याकेट बरामद गरेको हो।यस्तै
सुडान ग्रासको बिउ ६० प्याकेट र भिक्टर लेखेको ५० डिब्बा गरी अन्दाजी १ लाख ५० हजार ६४० गरी जम्मा २ लाख १६ हजार ५४० बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बेवारिसे अवस्थामा फेला पारेको सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।

