कैलाली। कैलालीको लम्कीमा लागूऔषधसहित एक युवक पक्राउपरेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-१ लम्कीका २३ वर्षीय राजु चौधरी रहेका छन्।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आफ्नै घरको कोठामा बसी सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
निजलाई खान तलासी गर्दा ५ वटा पुडीया प्लाष्टिक सहित तौल गर्दा ५५० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३०० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३०० मिलिग्राम परिमाणको उक्त लागूऔषधसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


