धनगढी : नेपाली काग्रेंस कैलालीको १४ औँ अधिवेशनमा सभापति पदका उम्मेद्वार रहेका भिम बडुवालले यस पटक पक्कै कार्यक्रताले सही ब्यक्तीलाई नेतृत्वमा ल्याउने बिश्वास ब्यक्त गरेका छन् । सुप मिडियाको एस टि भि टक कार्यक्रममा पत्रकार दिनेश बिष्ट संग कुराकानी गर्दै बडुवालले सही ब्यक्ती नेतृत्वमा नआउँदा कैलाली काग्रेंस सुध्रिन नसकेको टिप्पणी गरे ।
पार्टीका लागी काम गर्ने र पार्टीलाई एक ढिक्का बनाएर लैजाने ब्यक्ती नेतृत्वमा आउनुपर्छ बडुवालले भने “त्यो ब्यक्ती महुँ मैले पार्टीलाई मजबुत र एकढिक्का बनाउन सक्छु, पार्टीका भात्रृ संगठनमा मैले गरेका कामको यस पटक मुल्याकंन हुनेमा बिश्वस्त छु ।” कसैले कसैलाई बोकेर नेता नबन्ने भन्दै नेता बडुवालले आफै नेता बनेर कार्यक्रता माँझ लोकप्रिय बन्नुपर्नेमा जोड दिए ।
१३ औँ अधिवेशनमा म दोश्रो भएको थिए बडुवालले भने “मैले जित्नै लागेको चुनाव धाँदली गरेर मलाई हराइएको हो, हो मैले सबै कार्यक्रताको मन जित्न नसकेको हुँला तरपनि म माथी अन्याय भएको छ ।” यस पटक पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादूर देउवालेपनि मलाई सहयोगको बचन दिनुभएको छ, त्यस कारण म ढुक्कका साथ मैदानमा छु उनले भने “मलाई पार्टी नेतृत्वको सहयोग छ र आम कार्यक्रतामो बिश्वास छ म पहिलो चरणमै ५१ प्रतिशत मत ल्याउनेमा ढुक्क छु ।”
तपाई त देउवाको नभई गगन थापाको मान्छे भएका कारण नेतृत्वको सहयोग हुन्न भन्छन त भन्ने प्रश्नमा बडुवालले आफु देउवाकै भएको दावी गरे । मैले शेर बहादूर देउवालाई अहिलेसम्म ५ पटक मत हालेको छु अनी कसरी देउवाको मान्छे होइन, की त देउवालेनै मेरो मान्छे होइन भन्नू प¥यो होइन भने मेरा बिरुद्ध कुप्रचार नगर्न आग्रह गर्दछु ।”
जिल्लाभरी आफ्नो माहोल एकदमै राम्रो भएको उनले बताए ।
यी हुन बडुवालका एजेण्डा
१) जिल्लामा रहेका क्रियाशिल सदस्यहरुको स्वाभीमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने छु ।
२) गुट बन्दी मुक्त कांग्रेसका निमीत्त “युवा जागरण मेरो अभियान“ हुनेछ ।
३) आउने निर्वाचनहरुमा पार्टीलाई कम्तीमा पनि दुईतिहाइ स्थानमा जिताउने प्रयत्न गर्ने छु ।
४) पार्टीका कार्यकर्ताहरुलाई विकास निर्माणका एजेण्डामा लगाउने छु ।
५) हरेक जात जातिका बिचमा सद्भाव कायम गराउने प्रयत्न गर्ने छु ।
६) भातृ संगठनहरुलाई क्रियाशिल र चुस्त दुरुस्त बनाउने छु ।
७) पार्टी कार्यालय व्यवस्थीत गरी हरेक कार्यकर्ताको गुनासो र समस्याको समाधान गर्नेछु ।
८) भष्टाचार बिरोधी अभियानलाई तिव्रता दिनेछु ।
९) पार्टी भित्र तलै देखि समावेशीता, पार्टीमा मुल्य – मान्यता, नितिको प्रधानता मेरो प्रतिवद्धता हुनेछ ।