धनगढी। सुदुरपश्चिममा पहिलो पटक धनगढीमा राष्ट्रिय झण्डासहित लाईटिङ टावरको उद्घाटन गरिएको छ । सडक आवतजावतमा सहज बनाउनुका साथै नेपालको राष्ट्रि«य झण्डालाई पहिचान दिने उदेश्यसहित धनगढी उपमहानगरपालीका ८ क्याम्परोडमा राष्ट्रिय झण्डासहित लाईटिङ टावरको उद्घाटन गरिएको हो ।
उपमहानगरपालिकाको वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारमा निर्माण गरिएको उक्र टावर लाइटको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आज उद्घाटन गरेका हुन् । करिब १७ मिटर अग्लो टावर लाइटमा राष्ट्रिय झण्डासहित लाईटिङ टावरको एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका हुन् ।उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले राष्ट्रिय झण्डासहित लाईटिङ टावर सार्वजनिक महत्व एव राष्टिय गौरबको बिषय र प्रदेशकै महत्वको बिषय भएको भएको बताए ।
क्याम्पस चोकमा स्थापित लाईटिङ टावर र राष्टिय झण्डा उत्वलनले सबै नागरिकलाई आवतजावतमा सहज हुने र नेपालको राष्टिय झण्डाको महत्वलाई अझ झल्काउने बताउँदै उपमहानगरपालीका परिवारलाई धन्यवाद दिए ।
यस्तै धनगढी उपमहानगरपालीका नगर प्रमुख नृप बहादुर वडले यो सहित ७ ओटा स्थानमा लाईटिङ टावर आवश्यक परेको स्थानमा राख्न र निरन्तरता दिन उपमहानगरपालीको योजना रहेकोे बताए । अहिले धनगढी उपमहानगरपालीका ८ क्याम्परोडमा लाइटिङ टावर राखेपछि साँझको समयमा सडकमा झिलीमिली उज्यालो भएको बताए ।
उनले भने अब चोक चोकमा चार ५ ओटा सडक क्षेत्र जोडएका सडक क्षेत्रमा लाइटिङ टावर राख्न सर्भेको काम भैरहेको उनले जानकारी दिए । उनले पहिलो स्थापना धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा भएको बताउँदै वडाबासीलाई धन्यवाद दिए । यो काम सुरुवात ८ नम्बर वडा बाट भएको त्यापछि टाफिक चौराहमा लगाउने प्रदेश सभा भवन पार्कमोड, रातोपुल, शहिद गेट, फुलबारीमा पनी लाइटिङ टावर राख्ने तयारी भैरहेको छ । सबैको महत्व भएको, सार्वजनिक स्थान तथा बढी भिडभाड हुने र आवागमन हुने ठाउँ भएकाले दुर्घटनाको जोखिमलाई नियन्त्रण गर्न र आवतजावतमा सहज हुने बिश्वस धनगढी उपमहानगरपालीकाका उपमेयर शुसिला मिश्र भट्टले लिइन् । उपमेयर भट्टले यस्को सरंक्षण सम्बद्र्धन गर्न सबै नगरवासीको दायीत्व हुने उनले बताइन्। यस्तै शुभकामना मन्तब्य ब्यक्त गर्दै धनगढी उपमहानगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले उपमहानगरपालीकाको सहयोगले यो सम्भब भएको बताए । वडाअध्यक्ष नारायण बरालका अनुसार वडा कार्यालयको बजेटमा टावर लाइट निर्माण गरिएको हो ।राष्ट्रि«य झण्डासहित लाईटिङ टावर जडान भएपछि वडाबासीलाई साँझ वा रातीको समयमा आवतजावत गर्दा निकै सजिलो हुने बताए । यस्तै राष्टिय झण्डा उत्वलनले नेपालीको पहिचानलाई झल्काउने र पर्यटन प्रर्बधनमा टेवा पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।

