कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । यद्धपी उक्त वस्तु बम वा के हो भनी परीक्षण गर्न नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


