कैलाली। कैलालीमा बसको ठक्करबाट ३ जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ लालपुरमा बसको ठक्करबाट तीन जना घाईते भएका छन्।
मंगलबार बेलुकी ना ५ ख ८४१० नम्बरको बसले दुईजना साईकलयात्री र एकजना पैदलयात्रीलाई ठक्कर दिएको हो।ठक्करबाट गोदावरी नगरपालीका ६ का २४ वर्षीय नन्द राना,२२ वर्षीय सन्तोष चौधरी र ३५ वर्षीय पार्वती चौधरी घाईते भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
घाईतेहरुको अत्तरियाको पदमा अस्पतालमा उपचार भईरहेको छ। बस चालक गोदावरी ७ का सन्तोष खड्का इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको बताईएको छ। काठमाडौँ धनगढी चल्ने उक्त बस धनगढीबाट लालपुर स्थीत घरमा राख्न ल्याउन लागीएको बेला दुर्घटना भएको हो । चालकले मदीरा सेवन गरेको बुझीएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मोटरसाईकलले अटोलाई ठक्कर दिँदा मोटरसाईकल चालक घाईते
धनगढी-अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाईकलले अटोलाई ठक्कर दिँदा मोटरसाईकल चालक कञ्चनपुरको पुर्नवास नगरपालीका बस्ने २८ वर्षीय रोशन थापा घाईते भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। मंगलबार बेलुकी धनगढीतर्फ जाँदै गरेको सु प प्र ०१०११ प ७२३ नम्बरको मोटरसाईकलले सोहि दिशातर्फ जाँदै गरेको अटोलाई ठक्कर दिँदा दिएको हो। ठक्कर दिने मोटरसाईकल सहित चालक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


