कंचनपुर। कंचनपुर भिमदत्त नगरपालीका वडा नम्बर १९ हलियामुक्त्तीका १८ परिवारलाई न्यानो कपडा बितरण गरिएको छ।
ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालद्धारा भिमदत्त १९ शिविर बस्तिका १८ शिविर परिवारलाई न्यानो कपडा बितरण गरेको हो। काठमाडौ निबासी भिम उपाध्यक्ष र रामकृष्ण सिवाकोटिको बिशेष सहयोगमा कंचनपुर भिमदत्त नगरपालीका १९ का १८ घरपरिहरुलाई लुगा बितरण गरिएको छ।
न्यानो कपडा बितरण कार्यक्रमका प्रमुख अतिथीमा हरिशरण महाराज रहेका थिए । भने अतिथिहरुमा हेल्प नेपालका समाजसेवी मदन चन्द, रेटर्नी बहुउद्देश्यीय सहकारी लिमिटेडका अध्यक्ष कृष्ण चन्द,सुदुर दैनिकका मिडियाकर्मी करन पालको सहभागिता रहेको थियो। कार्यक्रम बिशेष पहलकर्ता ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालका अध्यक्ष चादनी ऐरले बिशेष सहयोगिहरुलाई र प्रमुख अतिथी, अतिथी सहभागी, प्रेम एस के,पार्वती साउद लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गरिन् । साथै आगामी दिनहरुमा अझै सहयोगको आशा गर्दै अझै यस्तै पीडित परिवारहरुलाई लुगा बितरण निरन्तर गरिने जानकारी दिइन्। यसै गरि लुगा बितरण अभियान जारीरहने बताएकी छिन् ।


