धनगढी। कैलालीको भासु भीरमा ट्रक ३ सय मिटर तल खसेको छ ।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाए अनुसार आइतबार बिहान रुपन्देहीबाट सुदूरपश्चिमको पहाडी जिल्लातर्फ गइरहेको लु२ख ७२५ नम्बरको ट्रक भीरबाट तल खसेको हो ।
ट्रकमा चालक मात्रै रहेको र उनी पनि सकुशल रहेको प्रहरीले जनाएको छ। उनी प्रहरीको सम्पर्कमा नरहेपनि ट्रक मालिकको सम्पर्कमा रहेको प्रदेश ट्राफिक कार्यालयको भनाइ छ ।

