कैलाली। कैलालीको गोदावरी नगरपालीका ७ मा युवा नेता नागरीको पहलमा बलाङकेट वितरण गरिएको छ । केही दिन लगातारको चिसोका कारण समस्यामा परेका लक्षित बर्गलाई केही राहात पुगोस भन्ने उदेश्यले बृद्धा गरिब एकल महिलालाई बलाङकेट वितरण गरिएको जनाइएको छ।
टिजुचीजी फाउन्डेसनको सहयोग तथा नेपाल परिवार दलको युवा नेता खडक नागरी पहलमा आज गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका बृद्धा गरिब एकल महिलाहरुलाइ ३० पिस बलाङकेट वितरण गरिएको हो । बलाङकेट वितरण कार्यक्रममा गोदावरी नगरपालीका क्षेत्रका स्थानीय तथा समाजसेवीको पनि सहभागी रहेको पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले जानकारी दिए।
बृद्धा गरिब एकल महिलाले बलाङकेट वितरण गरिएपछि राहातको महसुस भएको बताएका छन्।उनीहरुले स्थानीय सरकारले अहिलेसम्म कुनै सहयोग नगरेको बताएका छन् । यस्तै उनीहरुले परिवार दलले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आउदो चुनावमा परिवार दललाई सहयोग गर्ने बताएको कुरा युवा नेता खडक नागरीले जानकारी दिएका छन् ।

