दार्चुला। दार्चुला जिल्लाको मालिकार्जुन लेकम गाउँपालीकामा अधिकासं खोलाहरुमा पानी सुक्दा परम्परागत र आधुनिक पानी घट्टहरु बन्द हुने अवस्थामा पुगेका छन् ।
गाउँमै रहेका पानी घट्ट खोलाहरुमा पानी अभाबमा सञ्चालन हुननसक्दा घन्टौ टाढाको घट्टहरु र नजिकको बजारमा रहेका चक्कि वा मिलहरुमा गएर अन्न पिस्नुपर्नै बाध्यता शृजना भएको छ ।कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा मालिकार्जुन १ रेबलीका स्थानीयले सास्ती खेप्दै आएका छन । एक दुइ घण्टा ओराली ,ओकाली हिडेर स्थानीय अन्न कुटानीपिसानी गर्ने गरेका छन् ।
गाउँमा मिल सञ्चालन गर्ने चाहना भए विद्युत राम्रोसंग संञ्चालन हुननसक्दा समस्या भएको स्थानीयको गुनासो छ । तिन घण्टा बढीको ओकालो ओराली कतै जंगलको बाटो हिँडेर मिल वा घट्टमा पुग्छौ, रेबलीका स्थानीय दिपा जोशीले भन्नुभयो, गाउँमा मिल छैन । यस क्षेत्रमा सुख्खायाममा स्थानिय खोलामा निमार्ण गरीएका पानी घट्टहरु बन्द हुनेगरेका छन । पुस्तौंदेखि यही समस्या भौग्दै आएका छौ । मकै, गहुँ, धान पिसाउन मिलमा पुग्नुपर्ने बाध्यता रहेको जोशीको भनाइ छ ।घरमा जाँतोमा पिस्ने चलन घट्दै गएको छ, नयाँ पुस्ताले जातोमा धेरै मेहनत गरेर अन्न पिस्दैनन, ६० वर्षीया हरुली जोशीले भन्नुभयो जाँतोमा दुईर चार माना पिसाउन त सकिन्छ । तर, धेरै पिसाउन मिलमै पुग्नुपर्छ ।
गाउँमा मिल राख्नका लागि विद्युत् जडान भएपनि युवाहरुमा चासो कमहुनु तथा विद्युत नियमित नहुनु यहाँको बाध्यता रहेको छ । जंगलको बाटो राति हिँड्न पनि डर हुन्छ । तल्लो रेबली तथा माथिल्लो रेबली गाउँको मात्रै झण्डै एक सयभन्दा बढि घरधुरीले मिल नहुँदाको यस्तो समस्या भोग्दै आइरहेका छन । गाउँमा ओखल र जातोहरुमा कुटानि पिसानि गर्न समय पनि कम हुने, थोरै अन्न पिस्न पनि धेरै मिहेनत गर्नुपर्ने भएकाले घन्टौ हिडेर भए पनि घट्ट, चक्की वा मिलहरुमा धाउँने गरेको स्थानियहरुले बताएका छन् ।
बेलुकी घर फर्कीन टाढाको बाटो भएकाले राति ४ बजे नै उठेर पानी घट्टमा जाने गरेका स्थानियहरुले गाउँमै मिल सञ्चालन गर्न सके निकै सहज हुने बताएका छन । गाउँमा परम्परागत र आधुनिक गरी एक दर्जन पानी घट्टहरु छन, तर हिउँद शुरु भएदेखी नै खोलाहरुमा पानी घट्टदै जादा आउदो फागुन तथा चैत्र महिनादेखी बन्द हुने गरेका छन् । केहि महिना गाउँकै घट्टहरुमा अन्न पिसाउँने गरेपनि अधिकासं समय टाढाको घट्ट वा छिमेकी नगरपालीकामा रहेको दत्तु मिलमा धाउँने गरेको सथानीय महेश राज जोशीले बताउनु भयो । घट्ट पिसाउँदा केहि अन्न घट्ट धनिलाइ दिनुपर्छ भने मिलमा पिसाएको पैसा तिर्नुपर्ने स्थानियले बताएका छन । यि गाउँमा हालसम्मपनि सडक नपुग्दा मिल सञ्चालन गर्न तत्काल समस्या रहेको स्थानीयले बताएका छन ।