धनगढी। हिमपातपछि अबरुद्ध बनेको भीमदत्त राजमार्ग सुचारु भएको छ। बिहीबार दिउँसोदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
हिमपातपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग २ दिनदेखि राजमार्ग बन्द अवरुद्ध भएको थियो। राजमार्गमा परेको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। हिमपात रोकिएपछि शनिवार बिहानैदेखि दिनभरको प्रयासपछि शनिवार साँझसम्म डोजर, स्थानीय जनप्रतिनिधी तथा सुरक्षानिकायको प्रयासपछि राजमार्ग सुचारु भएको हो।
राजमार्ग सुचारुपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ हिँडेका छन्। डडेल्धुराको साहुखर्क र हगुल्टे लेकमा बाक्लो जमेको हिउँ पन्छाइसकिएको छ। यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गको ढोल्यामोड बाहेक अन्य सबै राजमार्ग समेत खुलाइएको र ढोल्यामोडमा सडक खुलाउने प्रयास जारी रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


