धनगढी। धनगढीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले प्रदर्शन गरेका हुन्।प्रदर्शनकारीले हानेको ढुंगा लागेर इन्सपेक्टरसहित ८ जना घाइते भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि हात हालाहाल भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले सामान्य धरपकड भएको बताए। प्रदर्शनका क्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीसहितका तीन जना घाइते भएको बताए । प्रमुख प्रहरी निरीक्षक जोशीको कानमा चोट लागेको छ। उनका अनुसार अन्य दुई जना प्रहरी हवल्दार र प्रहरी जवान पनि समान्य घाइते भएका छन् । यस्तै झडपमा अनेरास्ववियु र युवा संघका ५ जना घाइते भएका छन्। अनेरास्ववियु कैलालीका संयोजक किशोर शाह, कुल रावल, हरीद्वारी राना, युवा संघका धनगढी नगर संयोजक अभिशेक नाथ (लोक), रोहित बोगटी र अमर सिंह राना घाइते भएका छन्। उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागेको युवा संघले जनाएको छ ।
‘प्रदर्शनकारीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै नारा जुलस भइरहेको र ‘राँके जुलुस निकाल्न खोज्दा प्रहरीले रोक्न खोज्दा त्यसैक्रममा प्रहरीतर्फ इन्सपेक्टरसहित २ जना सामान्य घाइते भएको बताए । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ कायम भएको छ । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पनि नारावाजी गरेका थिए ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन् ।







