धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सोमबार अस्पताल भर्ना भएका ती पुरुषको दिउँसो मृत्यु भएको जानकारी दिए। उनका अनुसार उनलाई दमको समस्या थियो भने सोमबार मात्र अस्पताल भर्ना गरिएको थियो ।


