धनगढी। कैलाली उद्योग वाणिज्य संघले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष सञ्जयकुमार चौधरीलाई स्वागत तथा सम्मान गरेको छ।
कैलाली उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्षसमेत रहेका चौधरीलाई संघको सभाहलमा बधाई सहित स्वागत तथा सम्मान कार्यक्रम गरेको हो। चितवनमा भएको महासंघको अधिवेशनबाट चौधरी बुक डिपो धनगढीका सञ्चालक सञ्जयकुमार चौधरी अध्यक्ष पदमा निर्वाचित भएका थिए।
एक कार्यक्रम बिच कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएकोमा बधाई सहित कार्यकालको शुभकामना ब्यक्त गरे। उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरले खादा ओढाएर बधाई तथा स्वागतका साथै सम्मानपत्र हस्तान्तरण गरेका हुन्। बिगतमा कैलाली उद्योग बाणिज्य संघमा कोषाध्यक्ष पदमा रहँदा चौधरीले देशको उत्कृष्ठ उद्योग बाणिज्य संघ बनाउन र सुदुरपश्चिमका बिभिध सम्भावनालाई देश बिदेशमा चिनाउने काम उनकै कार्यकालमा भएको उनले बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष भएकोमा सुदुरपश्चिमकै लागी गौरवको कुरा भएको र यस क्षेत्रको सम्भावनालाई उजागरगर्न र सुदुरपश्चिम प्रदेशमा पनी सम्भावना छ भनेर देश बिदेशमा चिनाउने अवसर प्राप्त भएको अध्यक्ष कुँवरको भनाई छ। अध्यक्ष कुँवरले भने, -हामी भन्दा उद्योग ब्यवसायीको समस्याका बारेमा उहाँलाई राम्रोसँग थाहा छ। हामीलेपनी उहाँबाट सल्लाह सुझाब लिइरहेको छौँ । र सो अनुसार अघि बढीरहेका छौँ उनले भने।यस्तै कैलाली उद्योग बाणिज्य संघले सम्मान गरेकोमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष सञ्जयकुमार चौधरीले धन्यवाद ब्यक्त गरे । उनले कैलाली जिल्लामा धेैरै ब्यबसाय रहेको र हरेक पेशा ब्यवसायीले पनी केन्द्रको नेतृत्व लिन आवस्यक रहेको बताए ।
कैलाली उद्योग बणिज्य सँघले पनी उद्योग पर्यटन लगायत बिभिन्न क्षेत्रमा धेरै काम गरेको जानकारी दिए । ब्यवसायीहरु जुन हार मनस्तीथीका कारण अगाडी बढ्न सकेका छैनन् त्यो सोचलाई परिवर्तन गरी भिजन अनुसार अगाडी बढ्न सक्ने उनले सुझाब दिए। सबै उद्योग ब्यवसायीको सहकार्यले नै अगाडी बढ्न सक्ने बताउँदै पुस्तक तथा स्टेशनरी व्यवसायीको सहकार्य समन्वय अझ प्रगाढ बन्ने उनको भनाई छ। कार्यक्रममा कैलाली उद्योग बणिज्य सँघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। स्वागत मन्त्ब्य ब्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष ओझाले नवनिर्वाचित केन्द्रीय अध्यक्ष चौधरीको सुदुरपश्चिम प्रदेशकै सबैभन्दा पुरानो स्टेशनरी पसल रहेको र युवाका साथै देशबिदेशमा ब्यवसाय क्षेत्रमा आबद्ध रहेको उनले बताए। साथै कैलाली उद्योग बाणिज्य संघले थालेको एक पैसे अभियानको सबैभन्दा पहिला उहाँबाट नै सुरुवात गरेको जानकारी दिए। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझासहित संघका पदाधिकारी, स्टेशनरी ब्यवसायी, होटल ब्यवसायी लगायतको सहभागिता रहेको थियो । 


कैलाली उद्योग वाणिज्य संघद्वारा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष चौधरीलाई सम्मान
कैलाली उद्योग वाणिज्य संघद्वारा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष चौधरीलाई सम्मान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

