कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा मसला ठानेर मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा विषादी पर्दा विषादीयुक्त खाना खाँदा एकै परिवार ५ जना बिरामी भएका हुन्।
विषादीयुक्त खाना खाँदा ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती विष्ट, १७ वर्षीया सरिता विष्ट, १४ वर्षीय शमिर विष्ट र ८ वर्षीया समिक्षा विष्ट बिरामी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गुलरियाका सई राधाकृष्ण नाथका अनुसार शमिर विष्टले दालमा मसला सम्झेर मुसा मार्ने औषधी हालेका थिए।
उनले बच्चाले खाना पकाउँदा गल्तिले विषादी हालेका रहेछन्,’ ‘अहिले उनीहरुको अवस्था सामान्य रहेको बताए ।’ घटनापछि बिरामी परेका उनीहरुलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


