कैलाली। कैलालीको गोदावरी नगरपालिकामा एक जना पुरुषले आफनै श्रीमतीको हत्या गरेका छन । कैलालीको गोदावरी नगरपालीका ९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन्।
भावना रोकामगरलाई धारिलो हतिया प्रयोग गरि हत्या गरेको बताईयको छ। घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए।घटना स्थलमा प्रहरी पुगिसकेको भएपनि अभियुक्त रोकामगर भने फरार रहेको प्रहरीले जनाएको छ । फरारको खोजी कार्य जारी भइरहेको डीएसपी पोख्रेलले बताए।