धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले धनगढी ३ मा निर्माण भइरहेको होल्ङिड सेन्टरको निरीक्षण गरेका छन्।
नेपाल भारत सीमासँग जोडिएको गौरीफन्टा नजिक बडहरा जंगलको बीचमा निर्माणाधिन होल्डिङ्ग सेन्टरको अवस्था बुझ्न नगर प्रमुख वड त्यहाँ पुगेका छन् । पछिल्लो समय धनगढीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि त्यसको ब्यवस्थापन गर्न र होल्डिङ्ग सेन्टरको अवस्था बुझ्न बडहरा पुगेका हुन्।
अनुगमनपछि कुरा गर्दै नगर प्रमुख नृपबहादुर वडले हालसम्म होल्डिङ्ग सेन्टरमा १४ भवन तयारी भएको र अन्य पनि तयारी हुँदै गरेको जानकारी दिए। ‘डेढ सय बेड आएको छ’ नगर प्रमुख नृपबहादुर वडले भने, ‘तीन वटा भवन बेडसहित तयारी अवस्थामा छ। दुई सय बेड तत्काल आउछ ।’ नगर प्रमुख वडले यो महिनाभित्रमा बुझाउने गरी निर्माण कम्पनीले काम गरिरहेको बताएका छन् । संघीय सरकारले समयमै बजेट उपलब्ध गराए अझै छिटो निर्माण सकिन्छ। हामी पनि दातृ निकाय, प्रदेश सरकारसंग सहयोग माग्छौ ।
हामी पनि त्यसमा सहयोग गर्छौ ।’संघीय सरकारको २८ करोड ८१ लाखको लागतमा एक हजार शैयाको होल्डिङ सेन्टर निर्माण भइरहेको छ। कैलालीको तेघरीस्थित नेपाली सेनाको भवानीदल गणको नेतृत्वमा उक्त होल्डिङ सेन्टरको निर्माणको काम भइरहेको हो । असार तेस्रो साताबाट निर्माण कम्पनीले होल्डिङ्ग सेन्टर निर्माणको काम सुरु गरेको हो। पहिलो र दोस्रो चरणको कोरोनामा भौतिक संरचना र उपकरण अभावमा धेरै जनाले ज्यान गुमाए। दोस्रो चरणको कोरोनाको जोखिम कायमै रहेका बेला र तेस्रो चरणको कोरोनाको जोखिम बढ्दै गइरहेको बेला तत्काल भौतिक संरचना निर्माण सम्पन्न भए यहाँका नागरिकलाई ठूलो राहत पुग्ने बिश्वास गरिएको छ ।