धनगढी। धनगढीमा चिकेन स्टेशनको दोस्रो शाखा सञ्चालनमा आएको छ। धनगढीमा चिकेन स्टेशनको दोस्रो शाखा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बुद्धचोकमा अर्को शाखा सञ्चालनमा ल्याइएको हो ।
चिकेन स्टेशनका सञ्चालक मदन भट्टले झण्डै एक करोडको लगानीमा धनगढीमै अर्को शाखा सञ्चालनमा ल्याएको जानकारी दिए। शनिबार उनका बुवाले स्टेशनको उद्घाटन गरेका हुन । धनगढीको चटकपुरमा स्थापना भएको चिकेन स्टेशनको दोस्रो शाखा यहाँ पनि सञ्चालन गरेका हौं। यहाँ चटकपुरमा रहेको शाखा जस्तै सेवा हुन्छ उनले भने।’
सुदूरपश्चिममै पहिलोपटक धनगढीको चटकपुरमा शाखा सञ्चालन गरेका भट्टले बुद्धचोक क्षेत्रमा पनि भिडभाड हुने र नास्ताका लागि स्तरिय होटल नभएकाले शाखा सञ्चालन गरेको उनले बताए। ‘चिकेन स्टेशनका परिकारहरु छोटो समयमै ग्राहकलाई लोभ्याउन सफल भएका कारण पनि दोस्रो शाखा सञ्चालनमा ल्याइएको जानकारी दिए। यहाँ चिकेन मात्र होइन भेजका परिकारहरु पनि पाइने छ। ’
चिकेन स्टेशनका दुवै शाखामा जन्मदिन, वैवाहिक वर्षगाँठ लगायत संगीतको मजा पनि लिन सकिने सुविधा रहेको छ। चिकेन स्टेशनका दुवै शाखा संचालनमा आएपछि ४५ जनाले रोजगार पाएका छन् भने चटकपुरमा गत वर्ष डेढ करोडको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन रहेको भवनकै चौथो तलामा मुगल्स खजना पनि सञ्चालन गरिएको छ।