धनगढी। धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जानकारी दिए।
उनले भने, ‘उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप भएको छ। म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेका छन्।’ धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरिएको थियो । मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाललाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो।‘
लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो,’ सञ्चालक सुवास रावलले ‘खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेर लगेको बताएका छन्। यस अघि प्रहरीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका सोही मोबाइल ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो। धनगढी वडा नम्बर ५ का दोर्णबहादुर रावल,धनगढी वडा नम्बर २ का २९ वर्षीय टेक बिष्ट र धनगढी वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।यो हेर्नुहोस भिडीयो