धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका–३ स्थीत बोराडाँडीबाट सोही ठाउँका २७ वर्षीय अशोक पाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटीएकाे RIT टोलि र यस कार्यालयबाट खटिएको सँयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो। पाल संकास्पद रुपमा हिडिरहेको अवस्थामा शँका लागि चेकजाँच गर्दा उनको साथबाट ११ ग्राम लागूऔषध ९ब्राउन सुगर० फेला परेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो। पक्राउ परेका पालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।