बैतडी। बैतडीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरिएको हो।
गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताए। इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन् ।


