धनगढी। कैलालीको धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाईने भएको छ । नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक संघ कैलाली, कञ्चनपुरको आयोजनामा शनिवार धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाईने भएको हो।
आज धनगढीमा पत्रकार सम्बेलनको आयोजना गर्दै भोली (शनिवार)धनगढी चौराह देखी होटल रुवससम्म प्रभातफेरी, ११ बजे देखी औपचारीक छलफल कार्यक्रम गरिने जनाइएको हो। साथै कार्यक्रममा पोल्ट्री ब्यवसाय तथा किसानहरु समस्याका लागी सुदुरपश्चिम प्रदेश सरकार र सरोकारबाला संग छलफल तथा पोल्ट्री क्षेत्रको प्रर्बधनका लागी पहल गरिने छ । यस्तै पोल्ट्री ब्यवसायको बजारीकरण तथा पोल्ट्री ब्यवसाय क्षेत्रका लागी निती नियमका लागी सुझाब दिइने जनाइएको छ। सुदूरपश्चिममा यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हो ।
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले पोल्ट्री क्षेत्रमा आवद्ध ब्यवसायी तथा किसानहरुको आय आर्जन गर्ने तथा स्वरोजगारको पेशा पोल्ट्री ब्यवसायी भएकाले भारतबाट पोल्ट्री जन्य बस्तुहरु आयातले नेपाली ब्यवसाय र किसानहरु समस्या परेको जानकारी दिए । यस्तै स्वदेशमै उत्पादन भएका पोल्ट्रीजन्य बस्तुको बजारीकारण समस्या छ, उनले भने । यस्का लागी पोल्ट्री ब्यवसायी, किसानहरुको समस्याहरु प्रदेश सरकार तथा सरोकारबाला संग राख्ने र प्रदेश सरकारको तर्फबाट कस्तो निती नियम कानुन बनाउनुपर्छ त्यस्का लागी सुझाब दिइने उनले जानकारी दिए।
यस्तै कोरोना सँक्रमणको समयमा धरासायी ब्यवसायलाई माथी उकास्न, कुखुरा तथा अण्डा बाट आत्मनिर्भर बनाउन र कुखुरा तथा अण्डा बाट मानब स्वास्थ्यको उपयोगीता बारे जानकारी गराइने उनले बताए । कैलालीका कुखुरा तथा अण्डा उत्पादक किसान संघ जिल्ला अध्यक्ष भुवन पाण्डेयले ब्रोइलर कुखुराको हकमा भने सुदुरपश्चिम प्रदेश पुर्ण रुपमा आत्मनिर्भर भएपनी अण्डाको माग भने धेरै रहेको बताए । सुदुरपश्चिममा दैनिक ५ देखी साढे ५ लाख गोटा अण्डाको माग रहेकोमा २ लाख ५० हजार सम्म उत्पादन रहेको छ।
प्रत्येक हप्ता १ लाख गोटा चल्लाको आवस्यकता पर्छ उनले भने। अहिले ४० हजार ५० हजार मात्रै रहेकोमा अन्य बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।
व्यावसायिक अण्डा उत्पादक र वितरकहरु बिच भाइचाराको सम्बन्ध कायम राख्दै यस व्यवसायलाई अरु बढि व्यावसायिक बनाउने उदेश्य हो । छरिएर रहेको अण्डा बजारलाई एकिकृत गर्दै संगठित अण्डाको बजार विकाश गर्ने उद्देश्य रहेको भनाई छ । अण्डा उत्पादन व्यवसायको केन्द्रको रुपमा परीचित चितवनलाई केन्द्र बनाई अण्डा उत्पादक व्यवसायको समय विकाश र प्रवद्र्धन गर्न व्यवसायिक उत्पादकहरुको संगठित संस्था स्थापना गर्ने उद्देश्यले २०५६ सालमा नेपाल अण्डा उत्पादक संघको स्थापना भएको हो ।