कञ्चनपुर। कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
कञ्चनपुर भीमदत्त नगरपालिका १८ मदनचोकस्थित मधुशाला होटल एन्ड बारमा जुवातास खेल्ने ६ जनालाई नगद रकमसहित प्रहरीले आज (बुधबार)साँझ पक्राउ गरेको छ।
वारमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेकाको साथबाट ४६ हजार ६ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
३ गड्डी तास सहित नियन्त्रणमा लिईएको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बनगाँउ बस्ने बर्ष २८ को गोबिन्द सिह साउँद, ३८ वर्षीय भरत साउँद, ४२ वर्षीय वीरेन्द्र चन्द, ३९ वर्षीय राम सिह बुढाल, मानसिंह साउँद र गणेश सिह बुढा रहेका छन् । पक्राउ गरिएका ६ जनामाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।