धनगढी। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)कैलालीको अध्यक्षमा राम दहित निर्बिरोध चयन भएका छन्। फोनिज कैलालीको शनिवार धनगढीमा सम्पन्न चौथो अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
सो समितिको उपाध्यक्षमा गीता चौधरी, सचिवमा सागर कुश्मी, सहसचिव अनिता चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा स्वरुप चौधरी, बनवारी राना, मनिषा थारु, कन्चन चौधरी, प्रविन चौधरी, दिनेश राना, राम प्रसाद चौधरी र खडक चौधरी चयन भएका छन्। फोनिज कैलाली अध्यक्ष राम लखन चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका थिए।
सो पत्रकार संगठनका कार्यसमिति सदस्य गीता चौधरीको स्वागत मन्तब्य संगै भएको कार्यक्रमको संचालन सचिव राम दहितले गरेका थिए । थारु पत्रकार संघ केन्द्रीय समिति उपाध्यक्ष उन्नती चौधरी, फोनिज कैलाली पूर्व अध्यक्ष अनत चौधरी, अविनाश चौधरीलगायतका पत्रकारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।यसैवीच फोनिज कैलालीले नेपालको एक मात्र थारु भाषाको दैनिक पत्रिका पहुरा थारु दैनिकलाई १ दर्जन कुर्सी हस्तान्तरण गरेको छ । फोनिज कैलालीमा ४९ जना आदिवासी जनजाति पत्रकारहरु आवद्ध छन् ।


