कैलाली। नेपाल परिवार दलले कैलालीको घोडाघोडीमा पिडित परिवारलाई खाद्यान्न तथा राहत बितरण गरेको छ । परिवार दलका सुदुरपश्चिम संयोजक तथा युवा नेता खडक नागरी तथा घोडाघोडी क्षेत्रका युवा नेता जनक बम ज्युको पहलमा र टीजुची फाउण्डेशनको सहयोगमा घोडाघोडी नगरपालिका २० जना पिडित परिवारलाई खाद्यान्न तथा राहत बितरण गरिएको हो।
पिडित प्रती परिवारलाई २५ केजि चामल, १० केजि ज्ञान आटा, मसुरको दाल, चिनि, चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरिएको छ । साथै विकट ठाउँमा राहत लिएर गएका नागरीलार्इ स्थानिय बासिन्दाले धन्यवाद दिएका छन् । साथै युवानेता नागरीलाइ यसक्षेत्रबाट सबै स्थानीयले सहयोग गर्ने र अझै पनि थप यस्ता राहत ल्याउन आशा गरेका छन । परिवार दलका सुदुरपश्चिम संयोजक तथा युवा नेता खडक नागरीले पनि आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


