धनगढी। धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली मातहत धनगढी उपमहानगरपालिका ३ अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलिले मंगलबार राति १ बजे दुई जना युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका २ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन्। उनीहरुलाई धनगढी उपमहानगरपालिका ३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले बताए। दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने उनले बताए।