धनगढी। कैलाली प्रहरीले भ्रामक समाचार प्रशारण गर्ने युट्युबलाई कारबाहीको चेतावनी दिएको छ । कैलालीको जानकी गाउँपालिका–९ का २५ बर्षीय युवा अर्जुन दासको हत्याबारे भ्रामक समाचार प्रशारण गर्ने युट्युबलाई कारबाहीको चेतावनी दिएको हो। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले भ्रामक समाचार प्रशारण गर्ने युटयुब सञ्चालक कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्रहरी प्रवक्ता बेदप्रकाश जोशीद्धारा जारी विज्ञप्तीमा सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल, वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रशारण गरेको उल्लेख छ । उक्त च्यानलमा प्रशारण भएका भ्रामक सामाग्री नहटाए कानूनी कारबाही गरिने उल्लेख गरिएको छ।


