कञ्चनपुर। कञ्चनपुरबाट बेवारिसे सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीबाट खटीएको सीमा गस्ती टोलीले बेवारिसे अवस्थाका सामान बरामद गरेको हो।
बेवारिसे अवस्थामा रहेको १ लाख १४ हजार १०८ मुल्य बराबरका किराना, कष्मेटिक, कपडा, प्लाष्टिकका सामान बरामद गरिएका छन । उक्त सामान भारतबाट अबैध रुपमा ल्याएर सीमामा छोडिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटरका अनुसार उक्त सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।