धनगढी। धनगढीमा प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रीकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रीकेट संघको आयोजना तथा सुदुरपस्चिम प्रदेस क्रीकेट संघको सह आयोजनामा पुस ३ गते बाट धनगढीको फाप्ला क्रीकेट मैदानमा प्रतियोगिता हुन लागेको सुदुरपस्चिम प्रदेस क्रीकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषदको लगानीमा हुन लागेको क्रीकेट प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । पुस ३ गते देखि ११ गते सम्म हुन लागेको प्रतियोगिताका लागि २२ लाख रकम रास्टिय खेलकुद परीसदले उपलब्ध गराएको र थप रकम आवश्यक परे क्रीकेट संघले ब्यवस्थापन गर्ने रेग्मीले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, म्यान अफ द म्याच २ हजार, म्यान अफ द सिरिज २५ हजार, वेस्ट बलरले १५ हजार तथा वेस्ट व्याट्स म्यानले १५ हजार पुरस्कार प्राप्त गर्ने छन।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ग्रुप ए मा प्रदेश नम्बर १, लुम्बीनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश छन् भने ग्रुप बि मा नेपाल ए पी एफ क्लब, सुदुरपश्चिमम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । फाप्ला क्रिकेट मैदानमा पुस ३ गते हुने उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।