धनगढी। धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीमा तालाबन्दी गरिएको छ। सोमबार विद्यार्थीहरुले शुल्क फिर्ताको माग राख्दै शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीको कार्यालयमा तालाबन्दी गरेका हुन्।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीभिटी)ले निर्देशन दिएपनि क्याम्पसले फिर्ता नगरेको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन्। एच ए र ल्याब दोस्रो र तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले विद्यार्थीको १५ प्रतिशत शुल्क फिर्ताको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले निर्देशन दिएपनि क्याम्पसले फिर्ता नगरेको उनीहरुको भनाई छ। तर यता क्याम्पस प्रशासनले भने सिटीभिटीको सुचना अस्पष्ट रहेको जनाएको छ।