धनगढी। कैलाली बहुमुखी क्याम्पसमा टिकटक बनाउन नपाइने भएको छ । कैलाली बहुमुखी क्याम्पस हाताभित्र टिकटक बनाउन सख्त मनाही छ, अन्यथा बिद्यार्थी आचारसंहिता अनुसार मोबाईल जफत गरी कार्वाही हुनेछ भनेर क्याम्पस प्रमुखद्धारा जारी सुचनामा उल्लेख छ ।
यस्तै भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बनाउन नपाइने भएको छ। विद्यार्थीहरुले क्याम्पस हाताभित्र धमाधम टिकटक बनाएर पोष्ट गर्न थालेपछि क्याम्पसले त्यस्तो कार्यमा रोक लगाउने निर्णय गरेको हो। क्याम्पसको सूचनाको अवेज्ञा गरी टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिएर आचा संहिता बमोजिम कारबाही गरिने जनाइएको छ।
यसअघि आइतबार मात्रै कैलालीको घोडाघोडी नगरपालिका १ मा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले पनी विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएका भन्दै उक्त कार्यमा प्रतिबन्ध लगाएको छ।