धनगढी। धनगढी उप–महानगरपालिका ४ चटकपुर स्थित आगलागी ध्वस्त भएको आलोक मल्टी कन्सर्न प्रालीलाई पुनः स्थापना गरि सञ्चालनमा आएको छ।
पुनः स्थापना गरि १० करोडको लगानीमा फर्निचर उद्योग सञ्चालनमा आएको हो । गत फागुन २२ गते आगलागीपछि ध्वस्त बनेको धनगढीको आलोक मल्टी कन्सर्न प्रालिको पुनः निर्माण गरेर आज देखी सञ्चालनमा आएको जनाइएको छ। पुनः निर्माणपछि सञ्चालनमा आएको अद्योग अत्याधुनिक फर्निचर, फर्निसिङ तथा इन्टेइएर डेकोरको उद्योगको आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् ।
अब भारत, चीन तथा अन्य मुलुकदेखि ल्याइएका कच्चा पदार्थबाट धनगढीमै अत्याधुनिक मेशिनको प्रयोग गरेर फर्निचरका सामान उत्पादन हुने उद्योगका सञ्चालक भोजराज भट्टले बताए। १० करोडको लगानीमा सञ्चालनमा आएको उद्योगमा ८० जना भन्दा बढीले रोजगारी पाएको भट्टले बताए। उद्घाटन कार्यक्रममा प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, डडेल्धुराको अमरगढी नगरपालिकाका नगर प्रमुख विपिन ओझा, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको सहभागिता रहेको थियो।