धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्वर १ र ८ अन्तरगत पर्ने शिबनगरमा शिव मन्दिरको शिलन्यास गरिएको छ। शिव मन्दिर निर्माण व्यवस्थापन समितीको आयोजना तथा वडा नम्बर ८ का स्थानिय जय बहादुर कार्की, दुर्गा बहादुर कार्की, हरि कार्की तथा भृकुर्की कार्कीले आफ्ना पितृहरुको सम्झनामा शिव मन्दिर निर्माण गर्न मन्दिरको शिलन्यास गरिएको हो ।शिव मन्दिर निर्माणमा कार्की परिवारले स्वर्गिय रत्न कार्की, स्व दाई चित्र कार्की, सरस्वती कार्कीको सम्झनामा शिव मन्दिरको शिलन्यास तथा निर्माणमा सहयोग गरेका हुन्। १५ लाखको लगानीमा सो मन्दिर निर्माण गरिन लागीएको हो । उक्त शिव मन्दिर ४ कठ्ठा जमिनमा बन्न लागेको छ। शुक्रबार एक कार्यक्रमका बिच धनगढी उपमहानमरपालीका वडा नम्बर ८ का वडाध्यक्ष नारायण प्रसाद बरालले मन्दिरको शिलन्यास गरेका हुन। उनले सबैको साथ र लामो समयपछि मन्दिरको शिलन्यास गर्न सफल भएको बताए ।उनले शिव मन्दिर निर्माण व्यवस्थापन समितीका अध्यक्ष जय बहादुर कार्कीको साथ सहयोग, धनगढी उपमहानगरपालीका लगायत बिभिन्न सहयोगीको साथले नै मन्दिरको शिलन्यास गर्न सफल भएको बताए ।
वडाध्यक्ष बरालले बिगतमा बिभिन्न कटान तथा माटो भरानको समस्या रहेकोले यस्लाई ब्यवस्थापन गर्न शिव मन्दिर निर्माण व्यवस्थापन समिती र आफुले सक्दो पहल गरेको जानकारी दिए । बिभिन्न सेवा सुबिधा सहित ९७ लाखको लागतमा डिपीआर तयार भएको छ । उनले यो सबैको साझा धार्मिक स्थल भएकोले यस्को रक्षा,स्वच्छ सफा सुन्दर बनाउन स्थानियको महत्वपुर्ण भुमिका रहेको बताए। विगतमा साधुरो सडकमा दर्शनार्थीलाई पुजाआजा गर्न समस्या भैरहेको अवस्थामा नयाँ बन्न लागेको मन्दिरबाट सबैका लागी सजिलो हुने उनले बताए। साथै सहयोगी तथा सबै नगरवासीमा हार्दिक धन्यवाद ब्यक्त गरे।
शिव मन्दिर निर्माण ब्यवस्थापन समिती अध्यक्ष जय बहादुर कार्कीले मन्दिर शिलन्यासमा उपस्थीत जनाउने सम्पुर्ण धन्यवाद ब्यक्त गरे। साथै उनले अथक प्रयासपछि सबैको साथ सहयोग र बिश्वास र सहकार्यबाट यो मन्दिर निर्माण गर्न सम्भब भएको बताए। उनले मन्दिर निमार्णमा आफुले सक्दो पहल रहेको र आगामी दिनमा पनी सबैको साथ रहने बिश्वास ब्यक्त गरेका छन्।साथै निर्माण स्थलमै राजेश गुप्ताले आफुना स्वर्गिय बाजे वादराद मल्ल गुप्ताको सम्झनामा १ लाख १ हजार सहयोग गर्ने प्रतिबद्यता समेत गरेका छन् ।
धनगढीमा शिव मन्दिरको शिलन्यास गरियो
धनगढीमा शिव मन्दिरको शिलन्यास गरियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु