धनगढी। कैलालीमा भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ परेका छन् । शुक्रबार कैलालीको भजनी नगरपालिका ७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भरुवा बन्दुक र गोली सहित ३ जनालाई पक्राउ गरेको हो ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको चालक घोडाघोडी नगरपालिका ३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से.३ प ७७९२ मोटरसाईकल पछाडी एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
यस्तै सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से.२ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर एक थान चक्कु, बन्चरो र टर्चलाईट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


