धनगढी। मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा महिला हकहित तथा हिंसात्मक घटना रोकथामकालागी प्रधान मन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ।
बिहीबार मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले,सुदुरपश्चिम प्रदेश संयोजक विद्या तिम्सिना,बागमती संयोजक ऐन्जीला श्रेष्ठ,बझाङ संयोजक शान्ति महत जागरी,कैलाली संयोजक तथा नेपाली कांग्रेस नेपाल महिला संघको नगरसभापति जागृति बोगटी लगायत केन्द्रीय कार्यसमिति परिवार सहित सामुहिक रुपमा पधानमन्त्रीको सचिवालयमै गएर ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्र मार्फत नेपालको बिद्यमान कानुन प्रशासनिक सँरचना ब्यवहारमा पिडीत मैत्री नबाउन आग्रह गरिएको छ । हत्या बलत्कारको घटनामा अपराधीले उन्मुक्ती पाउने र पिडीत पक्ष न्याय नपाईरहेको अवस्थामा अपराधी पैसा र पहुँचको आधारमा खुलेआम उन्मुक्ती पाउने कार्य नियन्त्रण गर्नुपर्ने भनिएको छ। यस्तै ज्ञापनपत्र मार्फत महिलाको हकहित तथा समाजमा अप्रिय घटना रोकथाम गर्नका साथै जनचेतनामूलक समाज निर्माण, समाजको हितमा काम गर्न माग गरिएको छ।
संविधानले दिएको ३३ प्रतिशत महिला सहभागिताको अधिकार सुनिश्चत हुनुपर्ने साथै सामाजिक संघसंस्थाले पनि किटानी जाहेरी दिन सक्ने ऐनको निर्माण गर्न माग गरिएको छ। महिलामाथी हुने हत्या, हिंसा, बलत्कार जस्ता जघन्य अपराघ कमी नभएको, महिलामा सबैभन्दा बढी बुहारीहरु दाईजोको निहुँमा जिउँदै जलाउने र हत्या हुने गरीएकोले यस्ता घटना परिवारको दवाबका कारण जाहिरी दिन नसकिने र यदी जाहिरी दिएमा प्रहरीले जाहीरी लिन आनाकानी गर्ने, नमान्ने र उल्टै दोसीले उन्मुक्ती पाइरहेको अवस्था छ। यस्मा प्रधान मन्त्रीको ध्यानाकर्षण होस भन्ने कुरा ज्ञापनपत्र मार्फत जनाइएको छ। यस्तै परिवारले जाहिरी नदिएको अवस्थामा सामाजिक संघ सस्थाले पनी किटानी जाहीरी दिन सक्ने ऐन निमार्ण गर्न, कानुन कार्यान्वयन पक्ष पुर्ण रुपमा प्रभाबकारी सुनिश्चतता र न्यायीक पक्रियामा न्यायालयमा हुने ढिलासुस्ती हटाउन माग गरिएको छ। बिगत २ बर्ष देखी महिला तथा बालबालीका हिँसा बिरुद्ध आवाज उठाउँदै आएको मेची महाकाली बुहारी संयुक्त आवाजको १७ हजार सदस्य सहित ४८ ओटा जिल्ला मार्फत सेवा दिदै आएको छ ।




