दार्चुला। बिहीबार दार्चुलामा जीप दुर्घटना भएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा जिप दुर्घटना भएको दार्चुला प्रहरीले जनाएको छ । म १ ज २३९ नम्बरको जिप दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् । जीपमा चार जना सवार रहेको बताइएको छ।
चालक धनसिँह साउद मात्रै घाइते अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। अन्य सवारी भने भेटिएका छैनन्। अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। खोजि तथा उद्धार कार्य भइरहेको छ ।


