धनगढी। कैलालीमा २ जना प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादी र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गरी २ जना प्रतिवादी १४ बर्षपछि पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगका फरार साविकको दोदोधरा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढालाई ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। दिपेन्द्रले २०६४ साल चैत ०८ गते १ जना व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । लामो अवधिको खोज तलासपछि उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सवारी ज्यान मुद्दाका फरार कैलालीको साविक दोदोधरा गाविस वडा नम्बर ७ बस्ने ३० बर्षीय मोहन भट्टराई १४ बर्षपछि पक्राउ परेका छन् । पूर्व-पश्चिम राजमार्गमा उनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाईकलले एक जना पैदल यात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको थियो। उनी पनि वारदात मितिदेखि फरार रहेका थिए । पक्राउ पश्चात प्रहरीले निज दुवै जना प्रतिवादीलाई सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको जनाएको छ।


