धनगढी। कैलालीका कृषक लक्षीराम आचार्य सम्मानित भएका छन् । केरा खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै गौरीगंगा नगरपालिका वडा नं ३ मा बस्दै आएका कृषक आचार्यलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्धारा सम्मानित गरेको हो।
सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच उनलाई प्रमाणपत्र सहित नगद रु २५ हजार पुरस्कार प्रदान गरिएको थियो । आचार्यसंगै कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषकहरुलाई पनि पुरस्कृत भएका थिए । प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक कैलाली र कञ्चनपुरका ६ जना किसानलाई सम्मान गरिएको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो । यस्तै केरा खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै भीमदत्त नगरपालिका–१० का पूर्णसिंह साउँद, यस्तै पशुपालनमा टीकापुर–१ का चक्रबहादुर बटाला, भीमदत्त नगरपालिका–१८, का वीरेन्द्रबहादुर चन्द र शुक्लाफाँटा–१० कञ्चनपुरका रमेशबहादुर धानुक र च्याउ खेतीमा गोदावरी–३ कैलालीका डिल्लीराज जोशीलाई पुरस्कारसहित सम्मानित गरिएको हो।
उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक कैलाली र कञ्चनपुरका ६ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए । उनले भने,‘पहिलो लटमा हामीले कैलाली र कञ्चनपुरका किसानलाई पुरस्कृत गरेका छौँ, त्यसपछि क्रमशः सबै जिल्लामा पुगेर त्यहाँका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।’