कञ्चनपुर। कञ्चनपुरमा भारतीय नम्बर प्लेटको स्कारपियो बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालीका वडा नम्बर ४ स्थित सडक खण्डमा भारतबाट भन्सार चोरी गरी ल्याईएको भारतीय नम्बर प्लेटका स्कारपियो बरामद गरिएको हो ।
ब्यवारिसे अवस्थामा रहेको भारतिय यू ए.०६.जी.६३१२ नम्बरको स्कारपियो कार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए। सो भारतिय नम्बरको स्कारपियोको मुल्य १० दश लाख रहेको र बरामद गरिएको उक्त गाडी आवश्यक कारवाहीका लागी आज गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जनाइएको छ।