कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा एक पसलमा आगलागी भएको छ। घोडाघोडी नगरपालिकाका ४ सिमथरी चोकमा रहेको एक पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ।
किराना तथा नास्ता पसल संचालन गर्दै आइरहेका चक्र बहादुर बुढाको पसलमा आगलागी हुँदा किरानाका सामान, टेबल कुर्सी, भाँडाकुडा, लत्ताकपडा, फ्रिज, सिलिन्डरग्यास, लगायतका सामान पूर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ।
सोमबारराती करिब ११ बजे तिर पसलमा कोही नभएको समयमा आगलागी भएको जनाइएको छ। आगोलाई नगरपालिकाको दमकलले निभाएको थियो। आगलागीवाट करिब ४ लाख जतिको क्षति अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन। पसलमा आगलागी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।