धनगढी। कञ्चनपुरका आरक्ष पिडीतहरुले आफुहरुको हक अधिकार सुनिश्चत गर्न माग गर्दै सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् ।आरक्ष पीडित जिल्ला संघर्ष समिती कञ्चनपुरको टोलीले आज मुख्य मन्त्री कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका हुन्। सरकारले आरक्ष पीडित परिवारलाई १० कठ्ठा जग्गा दिनुपर्ने, आरक्ष पिडीतको अधिकार निश्चित गर्नुपर्ने, २०५८ सालमा सरकारले खोसेको सम्पत्ती फिर्ता गर्नुपर्ने सरकार संग माग गरेका छन्। यस्तै उनीहरुले आरक्ष पिडीतको ब्यवस्थापन गर्नुपर्ने, हालसम्मको क्षतीपुर्ती सहितको ब्यवस्था गर्न माग गर्दै उनीहरुले मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन्। आरक्ष पीडित जिल्ला संघर्ष समिती कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर चन्दले कञ्चनपुरमा २ हजार ४ सय ७३ परिवार रहेको जानकारी दिए। मंसिर ११ गते देखी सडक आन्दोलन देखी बिभिन्न संघर्ष गर्दै आइरहेको बताउँदै सरकारले आरक्ष पीडितहरुको माग सम्बोधन गर्नुपर्ने बताए। सरकारले आरक्ष पिडीतहरुको घर परिवारको ब्यवस्थापन गर्ने भन्ने आश्वासन दिएको २० बर्ष भएपनी अहिलेसम्म आफुहरु ठगिदै आएको पे्रम बहादुर शाहीले बताए। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.