धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक जना युवकको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ट्याक्टरबाट खसेर टीकापुर नगरपालिका २ का २२ वर्षीया अरुण चौधरीको मृत्यु भएको हो।
कैलालीको जानकी गाउँपालिका ४ मा से १ त ५९४४ नम्बरको ट्र्याक्टर टीकापुर २ का २४ वर्षीया दिनेश चौधरीले चलाएका थिए । सो ट्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको जनाइएको छ ।