कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एकथान भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले बेवारिस अवस्थामा रहेको एकथान भरुवा बन्दुक सोमबार बरामद गरेको हो।
कञ्चनपुर कृष्णपुर नगरपालिका– २ बाणीस्थित आदर्श सामुदायिक वन गोलाबारी सामुदायिक वनको बीच खोला किनारमा सो बन्दुक फेला पारिएको कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । उक्त बन्दुक के कारणले कसले त्यहाँ छोडेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।