कैलाली। कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार १ जना व्यक्ति १६ बर्ष पछि पक्राउ परेका छन्।
सोमबार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–३ बस्ने ४८ वर्षीय गोविन्द खड्कालाई पक्राउ गरेको हो। २०६२ भदौ १८ गते उनले बलात्कार गरेको भन्दै सर्वोच्च अदालतले उनलाई २०७६ सालमा ८ वर्ष कैद र ५० हजार क्षतिपूर्तिको सजाय सुनाएको थियो।
लम्की चुहा नगरपालिका वडा नं ३ स्थित लुकी छीपी बसि रहेको अवस्थामा निजकै घरमा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोमबार उनलाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा पेश गरिएको कैलाली प्रहरीले बताएको छ।